+
+

तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका टमाटालाई

विकास मरहट्टा विकास मरहट्टा
२०७९ चैत ४ गते १४:३६

४ चैत, गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् ।

‘मेन इलिट’तर्फको ५३ किलोमिटर निर्धारित दूरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

उनी यसअघिका दुईवटा प्रतियोगितामा पनि सहभागी थिए । पहिलो प्रतियोगितामा दोस्रो र दोस्रो प्रतियोगितामा चौथो बनेका उनी यसपटक भने उपाधि विजेता बनेका हुन् ।

कञ्चनपुर बारा घर भएका टमाटा १३औं साफ गेममा स्वर्ण पदक विजेतासमेत हुन् ।

निर्धारित दूरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।

प्रतियोगितामा काठमाडौंका कुमार तामाङ तेस्रो बने । उनले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए । उनले ३० हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मानबहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमशः १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् ।

पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा विकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दूरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए ।

निर्धारित दूरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देवबहादुर बोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएको संजीव रानाले बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा दुई विदेशी नागरिक सहित कुल ३९ जनाको सहभागिता रहेको थियो ।

लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैँचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गएिको थियो ।

पर्यटन प्रवर्द्धन गर्ने  उदेश्यले प्रतियोगिता गरिएको लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला रानाले बताइन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?