+
+

आर्सनललाई आठ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते ७:५६

६ चैत, काठमाडौं । बुकाया साकाको उत्कृष्ट प्रदर्शनमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार क्रिस्टल प्यालेसलाई ४-१ ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ८ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि साकाले दुई गोल गर्नुका साथै एक असिस्ट गरे ।

खेलको २८औं मिनेटमा साकाकै पासमा गाब्रीएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । साकाले ४३औं मिनेटमा बेन ह्वाइटको पासमा गोल गरी अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा ग्राइन्ट जाकाले लियोन्ड्रो ट्रोसार्डको पासमा गोल गरे । ६३औं मिनेटमा प्यालेसका जेफ्री स्कल्पले गोल गर्दै गवद्य अन्तर कम पार्ने प्रयास गरेका थिए । तर ७४औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गरेपछि बर्सनलले सहज जित निकाल्यो ।

जितपछि आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको ६१ अक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?