+
+

नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन प्रतिपक्षमा उभिन्छौं : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १५:११

६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता डीपी अर्यालले न्यूनमत साझा कार्यक्रममा समावेश भएका आम नागरिकका मुद्दा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै अर्यालले आफूहरुकै जोडबलमा न्यूनमत साझा कार्यक्रम बनेको र त्यसमा आफूहरुका कयौं एजेण्डाहरु समावेश भएको बताए ।

‘हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं’, उनले भने, ‘सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं ।’

आफ्नो दलमाथि संकट पर्दा साथ दिएको भन्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?