+
+

न्यायिक सम्‍मेलनमा सहभागी हुन ५ सय पालिका उपप्रमुख काठमाडौं आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते २०:२८

९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा चैत १५ र १६ गते हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा देशभरिका करिब ५ सय स्थानीय तहका उपप्रमुखहरु काठमाडौं आउने भएका छन् ।

बिहीबार पत्रकार सम्‍मेलनमार्फत महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले हालसम्म ४५० भन्दा धेरै स्थानीय तहबाट कार्यक्रममा सहभागी हुने निश्चित भइसकेको र केही अझै थपिने जानकारी दिइन् ।

पालिकाबाट न्यायिक समितिका संयोजक वा संयोजक उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्य उक्त सम्मेलनमा सहभागी हुन सक्‍ने उपप्रमुख डंगोलको भनाइ छ।

उनका अनुसार सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् जसमा अधिवक्ता इन्दु तुलाधरले न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनबारे प्रस्तुत गर्नेछिन् ।

यस्तै अधिवक्ता डा. सरिता खनालले न्यायिक समितिले गर्ने निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्र्ने प्रक्रियाका विषयमा प्रस्तुत गर्नेछिन् ।

यस्तै विवाद समाधानमा मेलमिला प्रक्रियाबारे भने वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेले प्रस्तुती दिनेछिन भने न्यायिक निर्णय र पालना गर्नुपर्ने प्रक्रियाको विषयमा महानगरका सूचना अधिकारी बसन्त आचार्यको प्रस्तुती रहने उपप्रमुख डंगोललेले बताइन् ।

साथै उक्त न्यायिक सम्मेलनबाट विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?