+
+

टीसीएलको नगदवृष्टि योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १२:५५

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गरेर ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना १४ चैतदेखि सीमित अवधिका लागि नेपालभर पाउने छन् ।

कम्पनीका अनुसार ग्राहकहरुले टीसीएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार ३०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् । त्यसै गरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रूपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन् ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?