+
+

सगरमाथा हाइड्रोपावरको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १७:३५

१७ चैत, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि निष्काशित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले जनाएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले रितपूर्वक प्राप्त भएका आवेदकहरुमध्ये जम्मा ३ लाख ५८ हजार १७६ जना आवेदकहरुलाई १० कित्ताको दरले आईपीओ बाँडफाँट भएको बिक्री प्रब्न्धकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?