+
+

रैथाने र पर्यटन विश्वविद्यालय खोल्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १९:२१
सुदन किराती/फाइल तस्वीर

१९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती धमाधम विश्वविद्यालय खोल्ने अभियानमा सक्रिय भएका छन् । यसअघि हिन्दु विश्वविद्यालय खोल्ने निर्णय गरेका उनले अब ‘पर्यटन विश्वविद्यालय’ र ‘रैथाने विश्वविद्यालय’ स्थापना गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको मन्त्री किरातीको सचिवालयले जनाएको छ । पर्यटन विश्व विद्यालय र रैथाने विश्व विद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समिति गठन गरिएको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा ७ सदस्य पर्यटन विश्व विद्यालय विद्येयक निर्माण समिति बनाइएको हो । समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्वसचिव राजिव गौतम रहेका छन् । सदस्य सचिवमा नाथमका कार्यकारी निर्देशक रहने भएका छन् ।

यसैगरी डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा ५ सदस्यीय रैथाने विश्वविद्यालय विद्येयक तर्जुमा समिति गठन गरिएको छ । सदस्यहरुमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका १ जना परिषद् सदस्य रहने निर्णय मन्त्रालयले गरेको छ । सदस्य सचिव सांस्कृतिक महाशाखाका प्रमुख रहने निर्णय बैठकले गरेको छ । समितिलाई विद्येयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ । यसअघि पशुपति हिन्दु विश्व विद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ ।

पर्यटन प्रवर्द्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भन्दै उनले पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकूल वैज्ञानिकीकरणका लागि रैथाने विश्व विद्यालय खोल्न लागिएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?