+
+

एमाले उम्मेदवार पौडेल भन्छन् : बारा–२ मा जित्ने संकेत देखियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १५:०१

२० चैत, वीरगञ्ज । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराएका छन् । ्

एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका लागि जानुअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पौडेलले आफूले चुनाव जित्ने दावी गरे । ‘बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र हो, ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेको क्षेत्र हो’, उनले भने, ‘अहिले फेरि जित्ने संकेत आएको छ । एमालेका कार्यकर्ता मात्रै हैन, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, मधेसी, मुस्लिम उत्पीडित वर्ग जाति एमालेको पक्षमा खडा छन् ।’

बारा– २ मा गठबन्धनले काम नगर्ने उनको भनाइ छ । ‘गठबन्धन नेताहरुबीचको हो । जनताको बीचको होइन’, उनले भने, ‘नेपाली जनता राष्ट्रियताको संरक्षण चाहन्छ, लोकतन्त्रको सुद्दृढीकरण, देशको विकास निर्माणको नेतृत्व चाहन्छ । एमाले यो गरेर देखाइसकेको छ । त्यसैले बारा–२ मा एमालेले जित्छ ।’

एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जनताले उपनिर्वाचनमा मतदान गर्ने उनले दाबी गरे । ‘जनता नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनेको देख्न चाहन्छन् । उपनिर्वाचन भनेको भविष्यको रेखा हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?