+
+

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १६:००

२० चैत, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् ।

उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?