+
+

आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते ६:१७

२३ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो र गुजरात जायन्ट् समान चार अंक जोडेको छ तर रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

पहिलो हार बेहोरेको राजस्थान २ अंकसहित चौथो स्थानमा छ ।

गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्र बनायो ।

राजस्थानलाई जितका लागि अन्तिम ओभरामा १६ रन आवश्यक थियो । तर पञ्जावका सामम कुरानले उक्त ओभरमा १ विकेट लिँदै १० रन मात्र खर्चे ।

राजस्थानका लागि कप्ता नसन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए । शिमरोन हेतमायरले १८ बलमा ३६ रन जोडे । इम्प्याक्ट प्लेअरको रुपमा ब्याटिङ गरेका ध्रुव जुरेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए ।

पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदिप सिंहले २ विकेट लिए ।

पञ्जावका लागि कप्तान शिखर धवन र प्रबसिमरनले उत्कृष्ट ब्याटिङ गरेका थिए । धवनले ५६ बल खेल्दै ९ चौका र ३ छ्कका मद्दतमा अविजित ८६ रन बनाए । प्रबसिमरनले ३४ बलमा ७ चौका  र३ छक्का प्रहार गर्दै ६० रन बनाए । जितेश शर्माले १६ बलमा २७ रन जोडे ।

बलिङमा राजस्थानका ज्यासन होल्डरले दुई तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?