+
+

सांसदको व्यंग्य : स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १५:११

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भनी टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे उनले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ?’

सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकको मान्छेले २ करोड माग गरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलले भने ।

‘एउटा त एक्पोज भयो । एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो । जनतामा निराशा र चरम अविश्वास पैदा गरायो’ उनले भने, ‘दल र तिनका नेताहरुप्रति सामाजिक रुपमै बहिष्करण हुनसक्ने अवस्थाको सिर्जना गरायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?