+
+

बढ्यो विदेशी मुद्रा सञ्चिति, साढे ९ महिनाको आयात धान्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते २०:१४

२८ चैत, काठमाडौं । विदेशी विनियम सञ्चिति थप बढ्दै गएको छ । माघ महिनासम्म १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातका आधारमा मान्दा विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

गत फागुनसम्म अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भएर १० अर्ब ६९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २ प्रतिशतले घटेर १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर कायम भएको छ ।

२०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?