+
+

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते ७:३०
प्रतिकात्मक तस्वीर ।

२९ चैत, काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।  उनलाई उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?