+
+

८३ करोड विद्युत् महसुल नतिर्ने २ उद्योगको काटियो लाइन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते २०:२१

३ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने उद्योगहरुमा लाइन काट्न थालेको छ । पछिल्लो एक हप्तामा प्राधिकरणले ८३ करोड रुपैयाँबराबर विद्युत मसुल नतिर्ने २ ठूला उद्योगहरुमा लाइन काटेको छ ।

प्राधिकरणले आइतबार रोल्पाको रोल्पा सिमेन्ट उद्योगमा लाइन काटेको थियो । कम्पनीले ८ करोड ४४ लाख रुपैयाँ महसुल नतिरेपछि उद्योगमै लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

शुक्रबार पनि प्राधिकरणको करिब ७५ करोड महसुल बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटिएको थियो । लामो समयसम्म बक्यौता भुक्तानमिा चासो नदिएपछि लाइन काटिएको प्राधिकरणे जनाएको छ । सोनाले डेडिकेटेडबापतको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणको बक्यौता ४० अर्ब नाघिसकेको छ । डेडिकेटेडबापतकै महसुल २० अर्ब नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?