+

आर्सनललाई धक्का, २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो

२०८० वैशाख  ४ गते ६:३६ २०८० वैशाख ४ गते ६:३६
आर्सनललाई धक्का, २ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो

२ वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल वेष्ट ह्यामसँग २/२ को बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा वेस्ट ह्यामसँग २/२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको सातौं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

दशौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । तर आर्सनलले अग्रता जोगाउन सकेन ।

३३औं मिनेटमा वेष्ट ह्यामका सेद बेन्रहमाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

५२औं मिनेटमा आर्सनलले अग्रता फरक पार्ने असर सदुपयनेग गर्न सकेन । आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

तर ५४औं मिनेटमा वेष्ट ह्यामका जार्रोड बोवेनले गोल गर्दै खेललाई २/२ गोलको बराबरीमा ल्याए ।त्यसपछि गोल भएन ।

यस बराबरीपछि आर्सनलको ३१ खेलबाट ७४ अंक भएको छ ।

अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग खेल्नुअघि आर्सनल ४ अंकले अघि छ ।

आर्सनल बराबरीमा रोकिएपछि उपाधि होड रोमाञ्चक बन्दैछ ।

वेस्ट ह्याम ३१ अंकसहित १५ औं स्थानमा छ ।

आर्सनल वेस्ट ह्याम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय