+
+

राजस्थानले गुजरातलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते ८:०१

४ वैशाख, काठमाडौं । कप्तान सन्जु सामसन र शिमरोन हेतमायरले आक्रमक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोएल्सले गुजरात टाईटन्सलाई तीन विकेटले पराजित गरेको छ ।

गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ३२ बलमा ३ चौका र ६ छक्का मदतमा सर्वाधिक ६० रन बनाए ।

हेटमायरले २६ बल खेल्दै २ चौका र ५ छक्का मदतमा अविजित ५६ रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए ।

यस्तै देवदत्त पडिकलले २५ बलमा २६ र ध्रुव जुरेल १० बलमा १७ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले तीन, राशिद खानले २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान एक/एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

गुजरातका लागि डेविड मिलरले ३० बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रनको बनाए । ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरी ४५ रन जोडे ।

अभिनव मनोहरले २७ र कप्तान हार्दिक पान्ड्याले २८ रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले २ तथा एडम जाम्पा, ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

चौथो जितपछि राजस्थानले पाँच खेलबाट ८ अंक जोडेको छ र शीर्ष स्थानमा स्पष्ट अग्रता बनाएको छ । दोस्रो हार बेहोरेको गुजरात पाँच खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?