+
+

एसीसी प्रिमियर कपका लागि नेपालको अन्तिम तयारी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख ४ गते १६:०९

४ वैशाख, काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको एसीसी प्रिमियर अप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमले आफ्नो तयारी पूरा गरेको छ ।

एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगितामा १० टिम सहभागी छन् । नेपाल समूह ए मा परेको छ । मंगलबार (भोलि) मलेसियासँगको खेलबाट नेपालले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गर्ने अभियानको थालनी गर्नेछ ।

यो प्रतियोगिताको विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउनेछ ।

सोमबार बिहान २ घण्टा अन्तिम प्रशिक्षण सत्रमार्फत नेपाल टिमले आफ्नो तयारीलाई पूरा गरेको हो । प्रशिक्षक मोन्टी देशाईले आइतबार १४ सदस्यीय टिमको घोषणा गर्दा अघिल्लो महिना आईसीसी क्रिकेट लिग टूकै टिमलाई निरन्तरता दिएका छन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल ८ वैशाखमा ओमान, तेस्रो खेल ११ वैशाखमा साउदी अरेविया र चौथो खेल १४ वैशाखमा कतारसँग खेल्नेछ ।

घरेलु मैदान र माहोलको साथमा नेपालले प्रतियोगिता जितेर ऐतिहासिक एसिया कपमा छनोट हुने लक्ष्य लिएको छ । गत महिना सम्पन्न लिग टूमा नेपालले घरेलु मैदानमा अविश्वसनीय लयसहितको प्रदर्शन गरेको थियो । यसपल्ट त्यही लयलाई कायम राख्न नेपाल टिमलाई चुनौति हुनसक्छ ।

     

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?