+
+

बेंगलोरको मैदानमा चेन्नाईको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते ६:३४

५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार भएको खेलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ८ रनको रोमान्चक जित निकालेको छ । खेलमा चेन्नाईले २२६ रनको स्कोर डिफेण्ड गर्दै बेंगलोरलाई उसैको मैदानमा पराजित गरेको हो ।

बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा २२६ रन बनाएको थियो । चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो ।

बेंगलोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जिताउन सकेनन् । म्याक्सवेलले ३६ बल खेल्दै ३ चौका र ८ छक्कासहित सर्वाधिक ७६ रन बनाए भने डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपनि त्यसपछि बेंगलोरका लोअर अर्डरले खेल जिताउन सकेन ।

दिनेश कार्तिकले १४ बलमा २८ रन बनाए । सुयश प्रभुदेशाई ११ बलमा १९ रन जोडे । अन्तिम ओभरमा बेंगलोरलाई जितका लागि १९ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो ।

चेन्नाईका तुसार देशपाण्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए । आकाश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १ विकेट लिए ।

त्यसघि डेभोन कानवेको ८३ रन मद्दतमा चेन्नाईले ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । कानवेले ४५ बल खेल्दै ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रन बनाए ।

शिभम दुबेले २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा जोडे । अजिंका रहानेले २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए ।

बेंगलोरका विजयकुमार वैश्यक, मोहम्मद सिराज, वाएने पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

पाँच खेलमा तेस्रो जित हात पारेको चेन्नाई ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

पाँच खेल नै खेलेको बेंगलोरको यो तेस्रो हार हो । बेंगलोर २ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?