+
+

एनएमबिले गर्‍यो टीसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसनको सहकार्यमा हेजिङ कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १५:१४

काठमाडौं । एनएमबि बैंकले नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गरेको छ । ‘द करेन्सी एक्सचेञ्ज फण्ड’ (टीसीएक्स) अम्स्टर्डम र ‘एमएफएक्स करेन्सी रिक्स सोलुसन, वासिङ्टन’ सँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकमको हेजिङ कारोबार गरेको बैंकले जनाएको छ ।

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

यस हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोग प्रतिको प्रतिबद्धता दर्शाएको बैंकले जनाएको छ । उक्त हेजिङ कारोबारले देशभर स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्नका लागि मार्ग प्रसस्त गरेको बैंकले उल्लेख गरेको छ । अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्धत विश्वास लिएको बैंकले जनाएको छ ।

विकासउन्मुख देशहरुको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स इन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुने समेत बैंकले जनाएको छ ।

नेपालमा उपलब्ध स्रोत र साधनहरुहख कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश बनेको बैंकले जनाएको छ । बैंकका अनुसार यस्ता विदेशी दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको छ ।

टीसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिएर स्थापना भएको संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?