+
+

म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते ६:००

८ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा स्पानिस क्लब सेभियासँग ३–० ले पराजित भएपछि युनाइटेड समग्रमा ५–२ ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । सो खेलमा युनाइटेडले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेको थिएन ।

सेभियाको मैदानमा भएको दोस्रो लेगमा पनि युनाइटेडको प्रदर्शन कमजोर रह्यो । सेभियाका लागि युसुफ एन नेस्रीले आठौं र ८१औं मिनेटमा गोल गरे । लोइक बेडले ४७औं मिनेटमा एक गोल गरे ।

सेभियाले अब सेमिफाइनलमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई समग्रमा २–१ ले पराजित गर्यो । पहिलो लेगमा १–० को जित निकालेको युभेन्ट्सले दोस्रो लेगमा १–१ को बराबरी खेलेको थियो ।

रोमा र लेभरकुजन पनि सेमिफाइनलमा

अर्को इटालियन क्लब रोमा र जर्मन क्लब बायर लेभरकुजनले पनि सेमिफाइनलम स्थान बनाएका छन् । रोमाले डच क्लब फेयेनुर्ड विरुद्ध अतिरिक्त समयमा पराजित गरेको हो ।

पहिलो लेगमा १–० ले पराजित भएको रोमाले दोस्रो लेगमा ४–१ ले खेल जित्दै समग्रमा ४–२ ले विजयी भयो ।

बायर लेभरकुजनले बेल्जियन क्लब युनियन सेन्ट गिलझइसलाई समग्रमा ५–२ ले हरायो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?