+
+

ब्याजदरको दबाब कम हुँदैछ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १७:४७
फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ भएको बताएका छन् । बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तरलतामा सुधार आएको बताए ।

‘ब्याजदरको दबाब कम हुन लागेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । मुद्रास्फीति घट्दो क्रममा छन्’ गभर्नर अधिकारीले भने । आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको उनले बताए ।

पछिल्लो समय बैकहरूको कर्जा असुलीमा दबाब परेको भएपनि वित्तीय क्षेत्र सुरक्षित रहेको, पूँजीकोष पर्याप्त रहको र जोखिम नरहेको उनले बताए । बाह्य कारणले भने मूल्यमा दबाब कायम नै रहेको उनले बताए ।

नेपाली अर्थतन्त्र आयात र रेमिट्यान्सन्मा निर्भर रहेकोले विश्व अर्थतन्त्रमा देखिएको दबाबको सामना गर्दै अगाडि बढ्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?