+
+

प्रधानन्यायाधीश नियुक्त गर्न उच्च अदालत बारको माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १६:४८

१६ वैशाख, विराटनगर । विराटनगरस्थित उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै उच्च अदालत बारले न्यायालयलाई नेतृत्वविहीनताको स्थितिमा नराख्न माग गरेको हो ।

‘सर्वाेच्च अदालतको नेतृत्वविहीनताले समग्र न्यायालयमा परेको प्रभाव छ, न्यायका उपभोक्ताले खेप्नुपरेको असहजता र अदालतप्रतिको जनविश्वासमा देखिएको स्खलनताले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको न्यायपालिकाको उद्देश्य र आधारभूत मान्यतामा गम्भीर असर पर्दै गएको तर्फ ध्यानाकर्षण गराउन चाहान्छौ’, नवनिर्वाचित कार्यसमितिका सचिव विनोदकुमार तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरिका सबै न्यायालयको नेतृत्वको रुपमा रहेको सर्वोच्च अदालतमा लामो समयसम्म नेतृत्वविहीनताले देखापरेको न्यायिक अस्थिरताले समग्र न्याय प्रणालीमा गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्यायलयका उच्च पदाधिकारीको सरुवा, बढुवा जस्ता नियमित प्रक्रिया नै अवरुद्ध भएको बारले जनाएको छ । प्रधानन्यायाधीश नहुँदा न्यायालयबाट प्रवाह हुने सेवामा समेत नकारात्मक प्रभाव देखिएको भन्दै बारले तत्काल प्रधानन्याधीश नियुक्ति गर्न संवैधानिक परिषदको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?