+
+

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीले विरोध प्रदर्शन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते ९:४६

१७ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गर्दैछन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आजबाट एक हप्तासम्म सन्चालन हुने छ ।

एशोसिएसनले यसअघि पत्रकार सम्मेलन गरेर र त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश छिटो नियुक्त गर्न ध्यानाकर्षण गराएको थियो ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संवैधानिक परिषदको बैठक आह्वान गरेका थिए । तर बैठकमा सहमति नजुटेपछि थप न्यायाधीश सिफारिस हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषदमा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा न्यायाधीश नियुक्तिमा पनि विलम्ब भएको छ ।

न्यायपालिका १४ महिनादेखि नेतृत्वविहीन भएपछि नेपाल बार एशोसिएसनले आज बिहान ११ बजे विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?