
२१ वैशाख, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।
बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको सुनाए ।
उपचुनावअघि पनि सरकारमा ल्याउने सहमति भएको भन्दै उनले भने, ‘निर्वाचनका कारण रोकिन पुग्यो । अहिले पनि कुराकानी भइरहेको छ ।’
बुधबार मात्र पनि प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच कुराकानी भएको उनले सुनाए ।
उनले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । प्रदेश सरकारहरुलाई छिट्टै पूर्णता दिने समेत नेता नेपालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4