+
+

हैदरावादको रोमाञ्चक जित, ४ विकेटले हार्‍यो राजस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ५:५३

२५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।

हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले सर्वाधिक ९५ रन बनाए । ५९ बल सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै सन्जु सामसनले नटआउट ६६ रन बनाए । उनले ३८ बल सामना गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसअघि यशस्वी जयशवालले १८ बलमा ३५ रन बनाएका थिए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए । तर उनीहरु महँगा सावित भए । भुनवेश्वर कुमार र जेनसन दुवैले समान चार ओभरमा ४४ रन खर्चिएका थिए । सबैभन्दा महँगो सावित मयंक र्माकण्डेय भए । उनले ४ ओभरमा ५१ रन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?