+
+

फिल्म ‘काँडेतार’ रोक्ने सरकारको कार्य स्वीकार्य हुँदैन : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १७:०३

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताए ।

‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुपर्‍यो,’ रावलले भने, ‘यदि सरकारले फिल्म रोके जनतामाझ लगेर प्रदर्शन गर्छौं ।’ फिल्म र मनोरञ्जन जनताको मौलिक अधिकार भएको भन्दै उनले यसको हनन कसैले गर्न नसक्ने बताए ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले फिल्म ‘काँडेतार’ निर्वाध चल्न पाउनुपर्ने बताए । ‘सबै बसेर हेरौं कहाँ के आपत्ति छ, यदि आपत्ति छ भने सेन्सर बोर्डलाई सघाउँला तर यसलाई रोक्नुहुँदैन,’ उनले भने । प्राध्यापक सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु राम्रो कुरा नभएको बताए ।

पत्रकार सम्मेलनमा निर्माता तथा निर्देशक नवल खड्काले आफूहरुले फिल्ममार्फत सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने कुराको उठान गरेको बताए । ‘सरकारले यस्तो कुरामा सहयोग गर्नुपर्नेमा उल्टै रोक्ने काम गरेको छ, हामी पछि हट्दैनौं बरु अदालत जान्छौं,’ खड्काले भने ।

उनका अनुसार आगामी जेठ पहिलो साता फिल्मको पुनः सेन्सरको तयारी छ । यसअघि सेन्सर गर्दा फिल्मको केही दृश्य र संवाद मर्यादित नभएको भन्दै सेन्सर बोर्डले फिल्म रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?