+
+

च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटीको खेल बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ६:१०

२७ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले १-१ को बराबरी खेलेका छन् ।

अवे मैदानमा प्राप्त बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ । साथै सिटीले ट्रेबल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ ।

रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको सानदार गोलमा खेल बराबरी गरेको थियो ।

घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर रियलले उक्त अग्रता कायम रख्न सकेन । ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?