+
+

सावित्राको चौथो ह्याट्रिक, गोकुलम केरला क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ६:२२

२७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् ।

साविधाको चार गोल मद्तमा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो ।

अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले दुवै हाफमा समान दुई गोल गरिन् । उनले खेलको पहिलो हाफमा सातौं र १२औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि ६८औं मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेकी उनले ६९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

६ मध्ये पाँच खेलमा गोल गरेकी सावित्राले कुल १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् । उनी दोस्रो स्थानकी काजल डे सुजा भन्दा १० गोलले अघि छिन् । काजलले ९ गोल गरेकी छन् ।

गोकुलम केरलालका लागि इनुदमथिले दुई तथा शिल्की देवी, डांगमाई ग्रेस र रन्जना चानुले पनि समान एक गोल गरे ।

समूह ए मा पाँचौ जित निकालेको गोकुलम केरालाले एक खेल अगावै क्वाटरफाइनलमा स्थानसमेत पक्का गरेको छ ।

६ खेल खेल्दा ५ जित र १ बराबरिबाट १६ अंक जोडेको गोकुलम केरला समूह ए को शीर्ष स्थानमा छ । सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग लिग खेलाइएको छ । जहाँ दुवै समूहको शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली टिमकी अर्की सदस्य रेखा पौडेल सम्मिलित स्पोर्ट्स ओडिसा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा छ । रेखाले अहिलेसम्म चार गोल गरेकी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?