+
+

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १६:१०

२८, वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।

निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।

खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

यस्तै, वैशाख २७ गते सौराहा सेक्टरको राप्ती नदी क्षेत्रको पटना भन्ने ठाउँमा साढे २ बर्षको भाले गैंडाको बच्चा मृत फेला परेको छ ।

प्राकृतिक कारणले मरेको दावी गरिएको गैंडाको खाग र खुर सुरक्षित छ ।

विश्वकै दुर्लभ मानिने गैंडा चालु आर्थिक बर्षमा मात्रै १८ वटा मरिसकेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?