+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘हल्कारा’ र ‘छत्रपति’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते ११:५१

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई अलग जनराका फिल्म प्रदर्शनमा आएका छन् । अन्तर्राष्ट्रिय अवार्ड सर्किटमा समीक्षकले रुचाएको नेपाली फिल्म ‘हल्कारा’ र भारतीय एक्सन फिल्म ‘छत्रपति’ हलमा रिलिज भएका हुन् । विशेषगरी गम्भीर दृश्यभाषाका फिल्म रुचाउने दर्शकलाई ‘हल्कारा’ रुचिकर हुन सक्छ ।

१११ मिनेट लामो ‘हल्कारा’लाई विक्रम सापकोटाले निर्देशन गरेका हुन्, जसमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राईको शीर्ष भूमिका छ । फिल्ममा त्रिपाठीले हल्कारा (हुलाकी)को रुपमा शीर्ष भूमिका निर्वाह गरेका छन् । फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा भन्छ ।

बेरोजगार र जड्याहाँ एक व्यक्तिले गाउँमा हुलाकीको जागिर पाउँछ । नयाँ जिम्मेवारी र चुनौतीसहित ऊ कामका लागि नयाँ गाउँमा पुग्नुपर्ने हुन्छ । यस क्रममा ऊसामु जिम्मेवारीलाई लिएर चुनौती आइलाग्छन् । सामाजिक कथामा आधारित फिल्ममा त्रिपाठी र थापामगरले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

‘ऐना झ्यालको पुतली’ फेम्ड रामकृष्ण पोखरेलले यो फिल्मको निर्माण गरेका हुन् । थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘हल्कारा’ले मल्टिप्लेक्समा सुखद शो प्राप्त गरेको छ ।

यसैबीच, भीभी विनायक निर्र्देशित हिन्दी फिल्म ‘छत्रपति’ पनि आजदेखि नेपाली हलमा प्रदर्शनमा आएको छ । सन् २००५ मा रिलिज भएको एसएस राजामौली निर्देशित र प्रभास स्टारर सोही नामको तेलुगू फिल्मको रिमेक रहेको यो फिल्ममा बेल्लमकोंडा श्रीनिवास, नुसरत भरुच्चा र शरद केलकरको शीर्ष भूमिका छ ।

शिवाजी र उनको परिवार आफ्नो थातथलो श्रीलंकाबाट भारतको विशाखापट्टनममा आएर मजदुरी गर्छन् । इष्र्यालु सौतेनी भाइ उसको जीवनमा प्रवेश गर्दा परिवारिक स्थिति बिग्रन्छ । यही कथा वरपर फिल्म घुमेको छ । यो फिल्मको लम्बाइ १२३ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?