+
+

प्रभशिमरनको शतकमा पञ्जाब विजयी, दिल्ली प्लेअफ होडबाट बाहिर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते ६:२४

३१ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

शनिवार राति भएको खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएपछि दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो । दिल्लीको १२ खेलबाट ८ अंक छ र अन्तिम स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई भेट्ने छैन ।

प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । पञ्जाबका ओपनर प्रभशिमरनले ६५ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा १०३ रन बनाए । साम करनले २० रन जोडे । सिकन्दर राजाले अविजित ११ रन बनाए ।

दिल्लीका इशान्त शर्माले २ तथा अक्षर पटेल, प्रवा दुवे, कुलदीप यादव र मुकेश कुमारले समान १ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । दिल्लीका कप्तान डेभिड वार्नरले २७ बलमा १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए । पिद्य साल्टले २१ रन जोडे । अमन हाकिम खान र प्रविन दुवेले समान १६ रन बनाए ।

दिल्लीलाई लक्ष्यसम्म पुग्नबाट रोक्न पञ्जावका हरप्रित ब्रारले ४ विकेट लिए । नाथन एलिस र राहु चहरले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?