+
+

बार्ड, च्याट जीपीटी र बिंगमध्ये कुन होला एआई दुनियाँको बादशाह ?

एजेन्सी एजेन्सी
२०८० वैशाख ३१ गते ८:४३

गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ । छिटै नै कम्पनीले आफ्ना अन्य एप तथा टूलहरुमा पनि यसको सपोर्ट थप गर्नेछ ।

धेरै मानिसहरुले बार्डको पूर्ण संस्करणको तीव्र प्रतीक्षा गरिरहेका थिए र यस्तो प्रतिक्षाको मुख्य कारणचाहिँ च्याट जीपीटी तथा त्यसमा आधारित नयाँ सर्च इन्जिन बिंग हो ।

वास्तवमा मानिसहरु माइक्रोसफ्ट र ओपन एआईको प्रडक्टलाई टक्कर दिनका लागि गुगलले के ल्याउँछ होला भन्ने हेर्न चाहन्थे ।

बार्ड, च्याट जीपीटी र बिंग तीनवटै प्लाटर्फम एआईमा आधारित च्याटबट हुन् । तर यी तीनवटा प्लाटर्फम प्रयोग गर्दा तपाईंको अनुभूति नितान्त फरक हुन सक्दछ ।

कस्तो छ बार्ड ?

गुगलले जब यो च्याटबट लञ्च गर्‍यो तब मानिसहरुलाई यसका लागि पर्खिनुपरेन । लञ्चको केही समयपछि नै बार्डको एक्सेस अधिकांश प्रयोगकर्ताका लागि खुल्ला गरिएको थियो । कम्पनीले यसलाई १८० देश तथा तीनवटा भाषामा चल्नेगरी लञ्च गरेको छ ।

लुक्सको हिसाबले यसले च्याट जीपीटीकै सम्झना गराउँछ । तर यो निकै प्रशोधित संस्करण जस्तो लाग्दछ । हुनत युजर इन्टरफेसको कुरा छनोटको कुरा हो । तथापि गुगल बार्डको लुक क्लिन तथा क्लासिक रहेको छ । यसमा तपाईंले लाइट तथा डार्क थीमको अप्सन छान्न सक्नुहुन्छ ।

गुगल बार्ड लञ्च हुँदा धेरैलाई लागेको थियो कि गुगलले यसमा केही नयाँ ल्याउनेछ र एउटा उत्कृष्ट च्याटबटको अनुभव प्रयोगकर्तालाई दिलाउनेछ । तर यस्तो भएन । यो च्याटबटले धेरै गल्तीहरू गर्दछ र गुगलले पनि यसका गल्तीहरुका बारेमा प्रयोगकर्तालाई सचेत गराएको छ ।

यसमा तपाईंले केवल तीन वटा भाषाको मात्र सपोर्ट पाउनुहुन्छ । गुगल बार्डले लेखेका आर्टिकल वा नोटहरूलाई तपाईंले पुनः एकपटक राम्रोसँग पढ्नुपर्ने हुन्छ । अर्थात् यसको लेखनीमा भर पर्न सकिंदैन । किनकि यसमा विभिन्न भाषागत तथा तथ्यगत त्रुटिहरु समेत हुन सक्दछन् ।

साथै गुगल बार्डमा तस्वीर सपोर्ट छैन । यसमा भ्वाइस सर्चको अप्सन भने छ । वास्तवमा गुगलले आफ्नो प्रतिष्ठा कायम राख्नका लागि पनि यो प्लाटर्फमलाई अझै परिष्कृत गर्नु अत्यावश्यक छ ।

कस्तो छ च्याट जीपीटी ?

च्याट जीपीटीमा तपाईंले केवल सन् २०२१ सम्मका मात्रै डाटा भेट्टाउनुहुन्छ । त्यो समयका डाटा वा जानकारी भने यसले सही तथा उत्कृष्ट तरिकाले प्रदान गर्दछ । यद्यपि विभिन्न सन्दर्भमा यसले पनि सही जवाफ नदिएका घटना पनि भएका छन् । बार्ड र च्याट जीपीटी प्रयोग गर्दा तपाईंले सबैभन्दा ठूलो अन्तरचाहिं यी च्याटबटले गर्ने घटनाको व्याख्या नै हो ।
बार्डको भाषा धेरै हदसम्म कम्प्युटरकृत लाग्दछ । जबकि च्याट जीपीटीको भाषाचाहिँ मानिसले सामान्य बोलीचालीमा प्रयोग गर्ने प्राकृतिक भाषाजस्तो भान हुन्छ । वास्तवमा प्रयोगका सन्दर्भमा च्याट जीपीटी प्रयोगको अनुभव बार्डभन्दा उत्तम नै रहेको छ । चाहे यसको टाइपिंग स्टाइलवाला युजर इन्टरफेस होस् वा यसको जवाफ दिने समयको । धेरै कुरामा च्याट जीपीटी बार्ड भन्दा उत्कृष्ट लाग्दछ ।

तर यसको सबैभन्दा उत्कृष्ट संस्करण अर्थात् च्याट जीपीटी ४ चाहिं सशुल्क सब्सक्रिप्सनवाला रहेको छ । तपाईंले यो प्रयोग गर्नका लागि पैसा तिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा नि:शुल्क ब्राड नै रोजाई बन्न सक्दछ । च्याट जीपीटीले धेरैवटा भाषा सपोर्ट गर्दछ । तपाईंले नेपालीमा प्रश्न सोध्दा पनि च्याट जीपीटीले जवाफ फर्काउन सक्दछ । त्यो कुरा बार्डमा सम्भव छैन अहिलेका लागि । तर च्याट जीपीटीको नि:शुल्क संस्करणमा पुराना जानकारीहरु त प्राप्त हुन्छन् तर पछिल्ला जानकारी तथा तथ्यांकहरुका लागि चाहिं च्याट जीपीटीको सशुल्क चौथो संस्करण लिनैपर्ने हुन्छ ।

नयाँ बिंग कस्तो छ ?

वास्तवमा माइक्रोसफ्टको न्यू बिंगका लागि प्रयोगकर्ताले सबैभन्दा धेरै पर्खिनुपर्‍यो । पर्खाइ वास्तवमा यो लञ्च हुने कुराको थिएन । यो लञ्च भैसकेपछि यसमा प्रयोगकर्ताको पहुँचका लागि पर्खिनुपरेको थियो । सुरुआतमा त बिंगले पनि सर्चमा विभिन्न अनौठा जवाफहरु पस्किने गरेको थियो । तर माइक्रोसफ्टले यसलाई विस्तारै उत्कृष्ट ढंगले परिमार्जन गर्दै गयो । अहिले यो सर्च इन्जिनले कुनैपनि विषयमा दिने जवाफ अन्य आर्टिफिसियल इन्टेलिजेन्स बटहरुले दिने जवाफभन्दा उत्कृष्ट रहेको छ ।

यसमा भाषाको कुनै समस्या छैन । तथापि यसले निकै सीमित शब्दमा जवाफ दिन्छ । यसबाट तपाईंले कुनै पनि आलेख लेखाउन सक्नुहुन्छ । तर आलेखका लागि आवश्यक तथ्यहरु भने यसले निश्चित रुपमा प्रदान गर्दछ । यसले प्रयोगकर्ताको प्रश्नको जवाफसँगै विभिन्न सान्दर्भिक लिंकहरु पनि प्रदान गर्दछ, जहाँबाट उसले जानकारीहरु लिएको हुन्छ ।

यसमा तपाईंले छोटो जवाफ पाउनुहुन्छ । साथै यसमा तपाईंले निश्चित संख्यामा मात्रै प्रश्न गर्न सक्नुहुन्छ ।

माइक्रोसफ्टले एक व्यक्तिलाई केवल २० वटासम्म मात्रै प्रश्न सोध्ने सीमा तय गरेको हुन्छ । बिंगमा तपाईंले तस्वीर सिर्जना गर्न पनि सक्नुहुन्छ । तर यो फिचर बिंगको च्याटबारमा उपलब्ध छैन र तपाईंले छुट्टै विन्डोमा जानुपर्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?