+
+

न्युकासल च्याम्पियन्स लिग छनोट नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते ६:२५

५ जेठ, काठमाडौं । प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ ।

घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा कायम छ र शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

डेनिस उनडाभको आत्मघाती गोलबाट २२औं मिनेटमा अग्रता लिएको न्युकासलका लागि डान बर्नले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।

उनडाभले ५१औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रायस गरेका थिए । तर ८९औं मिनेटमा कलुम विल्सन र खेलको इन्जुरी टाइममा ब्रुनो गुइमारेसले गोल गरेपछि न्युकासलले सहज जित हात पार्‍यो ।

जितपछि न्युकासलले ३६ खेलबाट ६८ अंक जोड्दै तेस्रो स्थानमा छ । लिगमा दुई खेल खेल्न बाँकी हुँदा न्युकासलले पाँचौ स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । न्युकासलले अब बाँकी दुई मध्ये एक खेल जितेमा शीर्ष चारमा पर्नेछ । यदि शनिबार लिभरपुल एस्टन भिल्लासँग पराजित भएमा पनि न्युकासलको शीर्ष चारमा स्थान पक्का हुनेछ ।

एक खेल कम खेलेको म्यानचेष्टर युनाइटेड ६६ अंकसहित चौथो स्थानमा छ । शीर्ष चारको होडमा न्युकासलसँगै युनाइटेड र लिभरपुल छन् । न्युकासलसँग हारेपछि ब्राइटनको भने शीर्ष चारको सम्भावना लगभग सकिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?