+
+

धमाधम विस्तार हुँदै चक्रपथ (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०८० जेठ ६ गते १८:३०
बसुन्धारा सडकक्षेत्रमा माटो सम्याउँदै एक्जाभेटर ।

६ जेठ,काठमाडौं । काठमाडौंको चक्रपथ विस्तार आयोजनाअन्तर्गत अहिले धमाधम सर्भिस लेनको काम भइरहेको छ ।

फागुनको दोस्रो सातादेखि कलंकी-बालाजु-महाराजगञ्ज चक्रपथको साइट क्लियरेन्सको काम सुरु भएको थियो भने अहिले सर्भिसलेनको काम भइरहेको आयोजनाले जनाएको छ ।

१५ फागुनमा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिरसहितको संरचना डोजर लगाएर साइट क्लियरेन्स गरेको थियो ।

चक्रपथ विस्तार गर्न ‘साइट क्लियर’ नहुँदा ढिलाइ हुँदै आएको छ । साइट क्लियर भएसँगै धमाधम चक्रपथ विस्तार अन्तर्गत सर्भिसलेनको काम सुरु भएको आयोजनाले जनाएको छ ।

चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने भए पनि नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र साइट क्लियरेन्सको काम गनुपर्ने आयोजनाले जनाएको छ । जसअन्तर्गत सर्भिस लेनमा रहेका अवरोधहरु हटाएर सरकारले अहिले काम सुरु गरेको हो ।

चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।

सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । तर, साइट क्लियरेन्समा ढिलाइ भएपछि काम अघि बढाउन चीनले आनाकानी गर्दै आएको थियो ।

गोगंबुको क्षेत्र
गोगंबुको क्षेत्र
चक्रपथको कलंकी क्षेत्रमा काम गर्दै कामदार
चक्रपथको कलंकी क्षेत्रको सडक
चक्रपथको कलंकी क्षेत्रको सडक
चक्रपथको बालाजु क्षेत्रमा पर्ने सडक

चक्रपथको वनस्थली क्षेत्रको सडक

चक्रपथको सीतापाइला क्षेत्रको सडक
चक्रपथको सीतापाइला चोकमा सडक विस्तारका लागि भत्काइएको संरचना
चक्रपथको स्वयम्भू क्षेत्रमा पर्ने सडक क्षेत्र
चक्रपथको स्वयम्भू क्षेत्रमा पर्ने सडक क्षेत्र
चक्रपथको स्वयम्भू क्षेत्रमा पर्ने सडक क्षेत्र
बालाजु चोकमा पर्ने सडकक्षेत्रमा काम गर्दै कामदार
माछापोखरी चोक
सानो भर्‍याङस्थित सडक क्षेत्रमा काम गर्दै कामदार
लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?