News Summary
Generated by OK AI. Editorially reviewed.- वातावरण दिवसका अवसरमा सडक डिभिजन काठमाडौंले चक्रपथको महाराजगञ्ज–धोबीखोला खण्डको हरित पेटीमा ज्याकारान्डाका बिरुवा रोपेको छ ।
- विकास र वातावरण संरक्षणलाई सँगै लैजाने उद्देश्यले डिभिजनले हरित पूर्वाधारको अवधारणा अनुसार यो वृक्षारोपण गरेको हो ।
२२ जेठ, काठमाडौं । हालै निर्माण सम्पन्न काठमाडौं चक्रपथ अन्तर्गत महाराजगञ्ज–धोबीखोला खण्डमा ज्याकारान्डाका बिरुवा रोपिएको छ ।
सडकको हरित पेटीमा यस्तो विरुवा रोपिएको हो । वातावरण दिवसका अवसरमा सडक डिभिजन काठमाडौंले विकास र वातावरण संरक्षण एकसाथ अघि बढाउने उद्देश्यले यस्तो वृक्षारोपण गरेको हो ।
सडक खण्डमा गरिएको वृक्षारोपण कार्यक्रमले पूर्वाधार विकास र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने सरकारी प्रयासलाई उजागर गरेको डिभिजनको भनाइ छ ।
सडक विस्तार र स्तरोन्नतिसँगै हरित वातावरण संरक्षण प्राथमिकतामा राख्दै सडक डिभिजनले हरित पूर्वाधार अवधारणा व्यवहारमा उतारेर विकास निर्माणका गतिविधिमा वातावरणमैत्री बनाउने प्रतिबद्धता थप मजबुत बनाएको डिभिजनले जनाएको छ ।
विश्व वातावरण दिवसका अवसरमा गरिएको यो अभियानले विकास र वातावरण संरक्षण एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक पक्ष हुन् भन्ने सन्देश प्रवाह गरेको डिभिजनले उल्लेख गरेको छ ।

प्रतिक्रिया 4