+
+

मरिणमा बिहेअघि स्नातक गर्ने छात्रालाई १ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:१७

८ जेठ, काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले विहेअघि स्नातक उतीर्ण गरेका ५ छात्रालाई जनही एक लाख रुपैयाँ दिएको छ । बालविवाह न्युनीकरण गर्न यस्तो योजना ल्याएको पालिकाका शिक्षा सहायक यज्ञ श्रेष्ठले बताए ।

‘स्नातक उत्तीर्ण गर्दासम्म कम्तीमा २० वर्ष पूरा हुन्छ भन्ने अपेक्षा स्वरुप योजना ल्याइएको हो’ उनले भने । पालिकाको यस्तो योजनाले छात्रालाई माथिल्लो तह पढ्न प्रोत्साहन गर्ने उनको भनाइ छ ।

मरिण गाउँपालिकाले शनिबार आयोजित कार्यक्रममा स्नातक उतीर्ण ५ छात्रालाई जनही १ लाख र कक्षा ११ मा अध्ययरत १६० जना छात्रालाई साइकल वितरण गरेको छ ।

‘हाम्रो पालिकाका छात्राहरु विभिन्न कारणले उच्च शिक्षामा कम छन्, त्यसैले उनीहरुको सहजताका लागि अथवा छात्राहरुको साक्षरता वृद्धिको लागि साइकल वितरण गरिएको हो’ शिक्षा सहायक श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?