+
+

प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १२:११

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । ‘अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो’ नागरिकता विधेयकको विषयमा उनले भनेकी छन् ।

नागरिकता बिना गोडा समेत सार्न अप्ठ्यारो हुने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको/नपाएको भन्दै उनले प्रश्न गरिन्, ‘कस्तो बिडम्बना हो यो देशमा ?’

जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन र जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिलाउनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?