+
+

सिडेनमा पाण्डे र केसीबीच मुख्य प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते १०:२३
बायाँबाट क्रमशः चेतनाथ पाण्डे र लक्ष्मण केसी

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को सातौं अधिवेशन शनिबार हुँदैछ । निर्वाचन नजिकिएसँगै पदका आकांक्षी बीच चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । सिडेनको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । इन्जिनियर चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका तीन अनुहार मध्ये पाण्डे र केसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरेका पाण्डेले सिडेनको संस्थापक महासचिव रही सिडेनलाई नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचनमा लोकतान्त्रिक इन्जिनियरहरुको समूहलाई बिजयी गराउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

अर्का अध्यक्षका उम्मेदवार लक्ष्मण केसी नेपाल इन्जिनियर्स एसोसियसन २७ औं केन्द्रीय समितिमा सदस्य रहेका थिए । उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन् । सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताए । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाइबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् ।

सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष गरी पाँच जना पदाधिकारी र २० जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यस्तै सातै प्रदेशमा पाँच पदाधिकारीसहित १५ जनाको कार्यसमिति चयन हुन्छ । सिडेनमा प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?