+
+

जनकपुरमा महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते २०:०१

१३ जेठ, जनकपुरधाम । जनकपुरमा महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा अगामी सोमबारदेखि जनकपुरको रजौलस्थित निर्माणधीन अन्तरष्ट्रिय रामजानकी रंगशालामा खेल हुनेछ ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघले सातवटै प्रदेशबाट क्रिकेट टोली सहभागी हुने बताए । २१ वटा खेल हुने क्रिकेट जेठ २६ गतेसम्म चल्नेछ ।
उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र रनरअप हुने टिमका लागि २ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ ।

खेलमा ७० लाख खर्च रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । जसमा मधेश सरकारको चालु बजेटबाट ४० लाख र अन्य सहयोगी संघसंस्थाबाट जुटाइने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा तथा समाजिक कल्याणमन्त्री महेशप्रसाद यादवले अगामी दिनमा खेल र खेलाडीको विकासमा जोड दिने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा घोषणा गरेको एक अर्ब रुपैयाँ भारु निर्माणाधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन लगानी गर्ने प्रक्रिया अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?