
१८ जेठ दाङ। दाङ घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ ।
बिहीबार मध्याह्न १२ बजे घोराही-१५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी भएको एक घण्टाभित्रै स्थानीय, सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको हो।
आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।
गोदामको विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4