+
+

नेपाली नागरिकता लिने १० मध्ये ९ भारतीयलाई थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते २०:३६

२२ जेठ, काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, सिराहा, रुपन्देही, बारा र पर्साले आदेश दिएको छ ।

पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।

उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।

पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।

अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । प्रकरणमा भरत शाह कलवार, रोहितकुमार शाह, अनिलकुमार शाह र भोला भनिने सुनिल शाह कलवार अझै फरार छन् ।

‘जहाँबाट नागरिकता लिएका थिए, त्यहीँबाट मुद्दा चलाइएको थियो’, केसीले भने, ‘यसमा संलग्न अरुको खोजी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?