+
+

धनगढी उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:३८
फाइल तस्वीर

२३ जेठ, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको छ । ७२ जना यात्रु लिएर उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० माइल पुर पुगेपछि फर्काएर अवतरण गराइएको हो ।

विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान उडेको विमान काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको हो ।

‘प्रसाइराइजेसन फेलियर’ का कारण विमान अवतरण गर्नु परेको उनले बताए । विमान बाहिरको वातावरणसँग विमानभित्रको वातावरण नमिल्नु नै ‘प्रेसराइजेसन फेलियर’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?