+
+

युरोपमा संगीतको जादू छर्दै सुकर्म

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १४:१५

काठमाडौं । नेपालको चर्चित लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म पाँच साता लामो युरोप यात्रामा निस्किएको छ । यो टुरमा ब्याण्डले फ्रान्स, बेल्जियम, जर्मनी र स्वीट्जरल्याण्डका विभिन्न सहरमा नेपाली लोक तथा शास्त्रीय धुन पस्किरहेको छ ।

गत जुन ३ र ४ मा पेरिसस्थित ला घँद पागोदा दु ब्वा द भिन्सेनमा नेपाली सांस्कृतिक गृहद्वारा आयोजित नेपाल महोत्सवको १८ औं संस्करणमा सुकर्मले पेरिसमा बसोबास गरिरहेका नेपाली तथा नेपालका फ्रान्सेली मित्रबीच सांगीतिक प्रस्तुति दिएको थियो ।

फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले महोत्सव उद्घाटन गर्दै आफ्नो कार्यकाल सम्पन्न गरी नेपाल फर्किनुअघि सुकर्मको संगीत सुन्न पाउनु रोमाञ्चकारी अनुभूति रहेको धारणा राखे । पागोडामा फ्रान्सेली मूर्तिकार फ्वास्वाँ मोजेद्वारा निर्मित १० मिटर अग्लो युरोपकै सबैभन्दा ठूलो बुद्ध मूर्तिमुनि प्रस्तुति दिन पाउनु गौरवको विषय रहेको सुकर्मका सितारवादक प्राध्यापक डाक्टर ध्रुवेशचन्द्र रेग्मीले प्रतिक्रिया दिए ।

सितारमा डा. रेग्मी, बाँसुरीमा उमेश पण्डित र तबला एवं मादलमा जगन्नाथ धौगोडा सम्मिलित सुकर्म समूहले पेरिसलगत्तै बेल्जियमको ब्रसेल्सस्थित साम्ये बौद्ध मन्दिरमा प्रस्तुति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?