+
+

गायक स्वप्न सुमनलाई लिएर बनाउने भनिएको लभस्टोरी फिल्म नबन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १३:१७

काठमाडौं । फिल्म करिअर थाल्ने गायक स्वप्न सुमनको योजना तत्कालका लागि अनिश्चित बनेको छ । उनलाई शीर्ष भूमिकामा लिएर दिनेश राउतले वैशाखदेखि फिल्म छायांकन गर्ने योजना बनाएका थिए । तर यो फिल्म ‘तत्काल’ नबन्ने भएको छ । निर्देशक राउतले यो फिल्म तत्काल नबन्ने बताए ।

सिन्दूर जात्राको भव्य सेटिङमा छायांकन गर्नुपर्ने, स्क्रिप्टमा उल्लेख भएअनुसार लागत महंगो लाग्ने लगायतका कारण देखाउँदै फिल्म निर्माण रोकिएको उनले बताए । तर स्क्रिप्टमा चित्त नबुझेपछि दिनेशले यो प्रोजेक्टमा तत्कालै काम गर्न अनिच्छा देखाएको चर्चा छ । यो चर्चालाई खण्डन गर्दै उनले स्क्रिप्टमा अझै सुधार जरुरी रहेको र सिन्दूरजात्राजस्तो दुर्लभ क्षणलाई खिच्नुपर्ने भएकाले फिल्म रोकिएको बताए ।

स्वप्न सुमनलाई नायक र गायिका दीक्षिता कार्कीलाई नायिकाको भूमिकामा लिएर राउतले फिल्म निर्देशन गर्ने तयारी थालेका थिए । २०७९ सालको माघ ५ गते यो फिल्मको घोषणा गर्दा सुमन र दीक्षिताले अभिनय कार्यशाला सिकिरहेको बताइएको थियो । तर यी दुवैलाई तत्काल फिल्म नबन्ने जानकारी गराएर ‘कन्भिन्स’ गरिएको निर्देशक राउतले बताए ।

‘फिल्म नबन्ने भन्दा पनि यसलाई तत्कालका लागि पोस्टपोन्डको रुपमा बुझ्नु ठीक हुन्छ । सबै कुरा ठीकठाक भए हामी छायांकनमा जान्छौं,’ उनले भने । यो फिल्मलाई मल्टिमेड कम्पनीले निर्माण गर्ने कुरा थियो ।

निर्देशक राउतको कुरा गर्दा तत्काल उनका कुनै पनि फिल्म छायांकनमा जाने छैनन् । प्रदीप खड्कालाई लिएर गंगालालको बायोपिक बनाउनेदेखि पल शाहको फिल्म गर्नेसम्मका उनका चर्चा छन् । तर कुनै पनि फिल्मको टुंगो नलागेको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?