+
+

महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते ८:४९

३२ जेठ, काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो ।

नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो ।

यू-१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत- ए मा युवा खेलाडीहरुको बाहुल्य छ ।

नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?