+

दमसँग सम्बन्धित ६ भ्रम र तथ्य

२०८१ वैशाख  २५ गते १३:४८ २०८१ वैशाख २५ गते १३:४८
दमसँग सम्बन्धित ६ भ्रम र तथ्य

दम श्वासप्रश्वाससम्बन्धी रोग हो । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल अस्थामा (दम–खोकी) ।

दमको समस्यामा  श्वासनली कडा वा साँघुरो हुन्छ र सुन्निन्छ ।  जसकारण सास फेर्न गाह्रो हुने र खोकी (विशेषगरी सुक्खा खोकी)को समस्या पनि हुन्छ । छातीमा कसिलोपन महसुस हुनसक्छ र सास फेर्ने क्रममा छाती बज्न सक्छ । धुलो र धुवाँको एलर्जी भएमा समस्या बढ्छ भने रुघाखोकी जस्ता संक्रमण हुँदा पनि समस्या बढ्छ ।

दम यस्तो रोग हो, जसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । दमबाट पीडित व्यक्तिले आफ्नो जीवनशैलीलाई व्यवस्थित गरेर सामान्य जीवन बिताउन सक्छन् । तर यो रोगबारे धेरै भ्रम छ, जुन मानिसले आँखा चिम्लेर विश्वास गर्छन् । जसकारण मानिस दमको उपचार नपाएर यो रोगबाट नराम्ररी प्रभावित हुन्छ ।

भ्रम : दमका बिरामीले सामान्य जीवन बिताउन सक्दैनन् ।

तथ्य : दमका बिरामीले सामान्य जीवन जिउन सक्दैनन् भन्ने कुरा पूर्णतया गलत धारणा हो । बाल्यकालदेखि दमको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि र उपचार गरिरहने हो भने समस्या कम हुन्छ र सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सहज हुन्छ । दमको  धेरै लक्षण देखा पर्ने व्यक्तिलाई समस्या कम गर्नका लागि इनहेलर प्रयोग गर्ने सल्लाह दिइन्छ ।

भ्रम : दमका बिरामीले व्यायाम गर्न सक्दैनन् ।

तथ्य : दमका बिरामीले आफ्नो अवस्था र रोगको जटिल अनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि, दमको समस्या भएका व्यक्तिले धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन । दैनिक व्यायाम गर्न थालेपछि व्यायाम गर्न सक्ने क्षमता बढ्दै गएर सामान्य हिंड्ने, योग, पौडी खेल्ने र साइकल चलाउने जस्ता व्यायाम गर्न सक्छन् । व्यायाम गर्दा योगा तथा फिटनेस ट्रेनरको सहयोग लिनु उपयुक्त हुन्छ । व्यायाम गर्दा खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने वा छाती कसिलो महसुस हुन्छ भने विश्राम गर्नुपर्छ ।

भ्रम : दमका बिरामीका लागि इन्हेलर भन्दा अन्य औषधि राम्रो हुन्छ ।

तथ्य : दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ ।  जबकि इनहेलरमा रहेको औषधि तुरुन्तै फोक्सोमा पुग्छ र श्वासप्रश्वासमा तत्काल प्रभाव देखाउँछ । अन्य औषधिको तुलनामा इन्हेलर औषधि सुरक्षित हुनुका साथै यसको साइड-इफेक्ट पनि कम हुन्छ ।

भ्रम : दम एक घातक रोग हो ।

तथ्य : दम एक घातक रोग हो, यो आंशिक सत्य हो । दमबाट पीडित व्यक्तिले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा समयसँगै उनीहरूको अवस्था बिग्रिन सक्छ । यसबाहेक दमका बिरामीले आवश्यकताभन्दा बढी औषधि सेवन गरेमा फोक्सोमा पनि असर हुनसक्छ । यस्तो अवस्थामा दमका बिरामीले औषधिको सही डोज लिन जरुरी हुन्छ । साथै, पर्याप्त मात्रामा अक्सिजन उपलब्ध हुने वातावरणमा बस्नुपर्छ ।

भ्रम : दमको औषधि जीवनभर प्रयोग गर्नुपर्छ ।

तथ्य : दमको निदान भएका व्यक्तिलाई लक्षणको आधारमा औषधि दिइन्छ । सबै दमका बिरामीलाई जीवनभर औषधिको आवश्यकता पर्दैन । मौसमी दमको लक्षण देखिएका मानिसलाई त्यो खास मौसममा मात्र औषधि दिइन्छ ।

यदि लक्षणहरू कहिलेकाहीं मात्र देखा पर्छ भने लक्षण देखा पर्दा मात्र इनहेलर प्रयोग गर्नुपर्छ । यद्यपि, दमका लक्षण बारम्बार देखिने व्यक्तिले रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म नियमित रूपमा इनहेलर लिनुपर्ने हुनसक्छ ।

भ्रम : अस्थामा भएपछि बच्चा कमजोर हुन्छन्, फोक्सो बिग्रिन्छ, एन्टिबायोटिक नखाई ठीक हुँदैन

तथ्य : अस्थामा खासगरी स्वस्थ मानिस, अझ स्वस्थ बालबालिकामा देखिने समस्या हो । रोगसँग लड्ने क्षमता राम्रो हुनेहरुमा पनि देखिन्छ । राम्रोसँग उपचार गरे पूर्णरूपमा निको पार्न सकिन्छ । यो एलर्जीका कारण हुने हुँदा एन्टिबायोटिकको जरुरी पर्दैन ।

डा. राजु पंगेनी दम स्वास्थ्य
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

बारम्बार टन्सिल संक्रमण भएमा कस्तो जोखिम हुन्छ ?

केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

केपी सब-भेरियन्टले नेपालमा कस्तो प्रभाव पार्ला ?

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

रक्सी पिउँदा छालामा कस्तो असर पर्छ ?

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

पौडी खेल्दा के-के कुरामा ध्यान दिने ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

कस्तो अवस्थामा बच्चालाई एनआईसीयूमा राखिन्छ ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?

तौल घटाउने सप्लिमेन्ट खान सुझाउँदैनन् चिकित्सक, बजारमा किन छ्यापछ्याप्ती ?