News Summary
Generated by OK AI. Editorially reviewed.- तनावले कोर्टिसोल हर्मोन श्राव गर्छ, जसले मस्तिष्कका नसाहरू थकित पारेर टाउको दुख्ने, पेट दुख्ने र अनिद्राको समस्या पैदा गर्छ।
- तनावले भोकमा फरक–फरक असर गर्छ; कसैलाई भोक कम लाग्छ भने कसैलाई अत्यधिक भोक लाग्न सक्छ ।
तनावले के गर्छ ? कोर्टिसोल हर्मोन श्राव गर्छ । यसरी हर्मोन श्राव मस्तिष्कका नसाहरू थकित हुन्छन् । अनि टाउको दुख्ने, पेट दुख्ने र अनिद्राको समस्या पैदा गर्छ ।
त्यति मात्र होइन, धेरैलाई थाहा नहुनसक्छ, यसले खानेबानी पनि बदल्न सक्छ । हो, जब तनाव हुन्छ, कसैलाई भोकको अनुभव हुँदै हुदैन । उनीहरू भोक नै नलागे पनि केक, फास्टफुड, लेज, कुरकुरे जस्ता प्याकेट बन्द खानेकुरा खाने इच्छा तीव्र रूपले बढ्छ । कहिले भने पटक्कै खान मन नलाग्न सक्छ । यसमा प्रश्न उठ्छ, तनाव हाम्रो
भोकमा असर कसरी पार्छ ?
तनाव वास्तवमा शरीर र दिमागको एक प्रतिक्रिया हो, जुन कसैलाई चुनौतीपूर्ण वा बोझिलो स्थिति सिर्जना गर्छ । यस्तो अवस्थामा तपाईंलाई केही गर्न सक्दिँन जस्तो अनुभूति हुन्छ ।
तनाव वास्तवमा हाम्रो शरीर र दिमागको प्रतिक्रिया हो, जुन चुनौतीपूर्ण वा बोझिलो परिस्थितिमा आउँछ । यस्तोमा अत्यधिक भोक लाग्नु वा प्यास लाग्नु जस्ता व्यवहार हुन सक्छ । मस्तिष्कमा रहेको मटरकोसाको एउटा दाना जस्तो सानो भाग हाइपोथालेमसलाई सक्रिय पार्छ । यसले अत्यधिक भोक लाग्नु वा प्यास लाग्ने हुनसक्छ ।
तनाव के हो ?
यो भाग तनावको प्रतिक्रिया दिने प्रक्रिया सुरु हुन्छ । यो हाम्रो शरीरलाई ‘एक्सन मोड’मा राख्छ । यो मोडले शरीरको प्रत्येक कोषमा असर पुर्याउँछ र एड्रेनेलिन तथा कोर्टिसोल जस्ता हर्मोन सक्रिय गर्छ । यसले हृदय गति र रक्तचाप बढाउँछ ।
थोरै समयको तनाव कहिलेकाहीँ फाइदाजनक पनि हुन्छ । यसले हामीलाई खतरा टार्न वा काम समयमै पूरा गर्न प्रेरणा दिन सक्छ । तर लामो समयसम्म तनावमा रहनु हानिकारक हुन्छ । लगातार तनावमा रहने मानिसहरूमा डिप्रेशन, सम्बन्धमा तनाव, कामको दबाब, निद्राको कमी र तौल बढ्ने समस्या आउन सक्छ ।
तनावले भोकमा चाहिँ कस्तो असर गर्छ ?
तनावले भोकलाई बढी जगाउन पनि सक्छ भने कहिले भोकलाई दबाउन पनि सक्छ । मिथु स्टोरोनी, एक न्यूरो अफ्थाल्मोलोजिस्ट हुन्, जसले स्ट्रेस प्रूफ हाइपर एफिसिएट जस्तो किताब लेखेकी छिन् ।
उनका अनुसार जब हामी तनावमा हुन्छौं, हाम्रो पेट, आन्द्रा र दिमागबीचको सिधा सम्बन्धले भोकलाई प्रभावित गर्छ । तनावमा भेगस नर्भको गतिविधि कम हुन्छ । पेटसम्म पुग्ने यो स्नायुको काम हो, दिमागलाई पेट कति भरिएको छ वा शरीरलाई कति उर्जा चाहिन्छ भनेर बताउँछ ।
यसको गतिविधि कम हुँदा भोकको कसैलाई भोकको इच्छा घटाउँछ, तर केहीमा दिमाग तुरुन्त ग्लुकोजको आवश्यकता महसुस गर्छ, जसले गर्दा तनावमा मानिसहरू आवश्यकताभन्दा बढी उर्जा दिने खानेकुरा खान थाल्छन् । उनीहरूमा भोक औडाहा हुने गरी लाग्छ । कसैले त भोक नै नलागे पनि जर्बरजस्ती खाइरहेका हुन्छन् ।
दीर्घकालीन तनावले भोकमा कस्तो असर पार्छ ?
तपाईंको शरीर तनावमा हुन्छ, रगतमा चिनीको मात्रा बढ्छ, जसले छोटो समयका लागि इन्सुलिन (ग्लुकोजको स्तर नियन्त्रण गर्ने हर्मोन)लाई कम प्रभावकारी बनाउँछ ।
वास्तवमा, ग्लुकोज खपत हुनुको सट्टा रगतमा नै रहिरहन्छ, जसले शरीरमा ब्लड सुगरको स्तर बढाउँछ ।
यसकारण दीर्घकालीन तनाव भोगिरहेका व्यक्तिहरूमा अन्ततः लामो समयसम्म ब्लड सुगरको स्तर र इन्सुलिन प्रतिरोध विकास हुने जोखिम बढ्छ।
यो अवस्थालाई चिकित्सकीय भाषामा ‘फिड–फर्वार्ड साइकल’ भनिन्छ, जसमा एउटा कुराले अर्कोलाई बढावा दिन्छ । यो एक दुष्चक्र हो र यसबाट बाहिर निस्कन निकै कठिन हुन्छ ।
यसले तौल बढ्ने वा मधुमेहजस्ता अवस्था निम्त्याउन सक्छ । तौल बढ्दा भोकमा हुने परिवर्तनप्रति झनै संवेदनशील बन्छ ।
सामान्यतया, शरीरमा बढी बोसो भएका व्यक्तिहरूमा इन्सुलिन प्रतिरोधको सम्भावना बढी हुन्छ । यसको अर्थ हो, जब उनीहरू तनावमा हुन्छन्, उनीहरूको दिमागले झनै बढी चिनीको माग गर्छ ।
तनावमा खाने बानी कसरी रोक्ने ?
डा. स्टोरोनी भन्छिन्, ‘यदि तपाईंले तनावलाई व्यवस्थापन गर्ने योजना पहिल्यै बनाउनुभयो भने व्यस्त वा दबाबपूर्ण समयमा अत्यधिक खानबाट बच्न सकिन्छ । यो सबैभन्दा राम्रो उपाय हो ।
सबैभन्दा पहिले त निद्रालाई ध्यान दिनुपर्छ । किनभने यसले तनाव प्रतिक्रियासँग जोडिएका तीन अंगहरूलाई पुनः उर्जा दिन्छ । निद्राले मस्तिष्कको सानो भाग हाइपोथ्यालामस, पिट्युटरी र एड्रिनल ग्रन्थीहरूलाई पुनः सन्तुलनमा ल्याउँछ । यसले तनाव हर्मोन बन्न रोक्छ ।
निद्राको कमीबाट गुज्रिरहनुभएको छ भने क्रेभिङ्स र मिठाई खाने इच्छा साँच्चै बढ्छ । किनभने निद्रा कमीले दिमागलाई बढी ऊर्जाको आवश्यकता पर्छ ।अर्को भनेको व्यायाम हो । व्यायामले पनि तनावको अवस्थाबाट आरामदायक अवस्थामा फर्कने क्षमता बढाउने र मस्तिष्कको कार्यक्षमता सुधार्ने गर्छ ।
यदि तपाईंको अगाडि अत्यधिक दबाबको समय आउँदैछ भने यी आधारभूत कुराहरूमा ध्यान केन्द्रित गर्नाले तनावमा बढी खानबाट जोगिन सकिन्छ ।
तनावमा के-के खानु हुँदैन ?
क्लिनिकल साइकोलोजिस्ट प्रोफेसर रंजिता सिन्हा भन्छिन्, ‘तनावमा सबैभन्दा सजिलो उपाय भनेको जंक फुड किन्नै बन्द गर्नु हो । यी चीजहरूलाई आफ्नो सजिलो पहुँचबाट टाढा राख्नुहोस्, किनभने ती वरपर भए भने तपाईं तिनलाई खान चाहनुहुनेछ ।’
दिनभरि नियमित रूपमा थोरै–थोरै स्वस्थ खानेकुरा खाने गर्ने हो भने भोक र खानाको तृष्णा दुवै नियन्त्रण गर्न मद्दत गर्छ । अचानक रगतमा चिनीको स्तर बढाउने (ग्लुकोज स्पाइक गर्ने) खानेकुराबाट टाढा रहनुपर्छ, जस्तैः पिज्जा, मिठाइयुक्त स्न्याक्स र साधारण कार्बोहाइड्रेटयुक्त खानेकुरा ।
यसको सट्टा प्रोटिनले भरपूर खाना जस्तैः मासु, सिमी, माछा वा स्वस्थ कार्बोहाइड्रेटयुक्त खानेकुरा (गेडागुडी, दाल, ओट्स आदि ) लिन सकिन्छ ।
तनावबाट राहत पाउनका लागि कतिपय व्यक्तिहरूमदिरातिर लाग्छन् । यो सबै भन्दा नराम्रो बानी भएको डा. स्टोरोनी बताउँछिन् । ‘यदि तपाईंमा तनावको बेला मदिरा पिउने बानी छ भने, त्यस्तो समयमा जतिसक्दो टाढा रहनु नै सबैभन्दा राम्रो कदम हो’ डा. स्टोरोनी भन्छिन् । यस्तो समयमा सामाजिक सम्पर्क बढाउने हो भने सन्तुलित रहन र तनावको समयमा पनि नियन्त्रित रूपमा खान मद्दत पुग्ने उनको भनाइ छ ।
मानव समाजहरूले तनाव र खानाको सम्बन्धलाई सन्तुलित राख्न आफ्नै–आफ्नै तरिकाहरू विकास गरेको प्रोफेसर सिन्हा बताउँछिन् ।
‘चाहे त्यो सँगै बसेर खाना खाने होस् वा कहिलेकाहीँ सँगै खाना पकाउने होस्’ सिन्हा भन्छिन्, ‘मलाई लाग्छ अब समय आइसकेको छ कि हामी केही आधारभूत कुरातिर फर्कौं।’ यसो गर्दा हामी आफ्नो खानासँगको सम्बन्धलाई पुनः जोड्न सकिने र तनाव तथा खानाबीचको यो सम्बन्धलाई राम्रोसँग बुझेर नियन्त्रण मद्दत पुग्ने उनको भनाइ छ ।
बीबीसीबाट
प्रतिक्रिया 4