News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले डा.कल्पना कुमारी श्रेष्ठलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
२ मंसिर, काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छिन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा.श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत असोजको पहिलो साता नै सकिएको थियो । त्यसयता रिक्त रहेको उक्त पदमा डा.कल्पना नियुक्त भएकी हुन् ।
बरिष्ठ नेफ्रोलोजिस्ट डा.कल्पना २०६८ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएदेखि नै त्यहाँ कार्यरत छिन् ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्थापना कालदेखि यहाँसम्म ल्याउन सक्दो प्रयास गरेको र अब नेतृत्वमा रहेर त्यसलाई निरन्तरता दिने डा.श्रेष्ठले बताइन् ।
मन्त्रालयबाट पत्र बुझेर भोलिबाट कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने डा.श्रेष्ठले जानकारी दिइन् । केन्द्रको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ ।
प्रतिक्रिया 4