+
+

काठमाडौं आएका निर्देशक एरिक भ्यालीलाई प्रश्न : क्याराभान २ कहिले बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते ११:११

काठमाडौं । निर्देशक एरिक भ्याली २०५६ सालमा प्रदर्शन भएको फिल्म ‘हिमालय’ (क्याराभान)लाई लिएर विश्वचर्चित छन् । यो फिल्म ७२ औं ओस्कार अवार्डको विदेशीभाषी फिल्म विधातर्फ मनोनयन भएको थियो ।

यसबाहेक द ट्रेल, नेपाल : बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसजस्ता डकुमेन्ट्री फिल्मका लागि पनि उनी चर्चित छन् । यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपालको साइनो उत्तिकै गाढा छ । फिल्मले जोडेको साइनोका कारण भ्याली पेरिस-काठमाडौं आउजाउ गर्छन् ।

उनलाई मुख्य रुपमा चिनाउने काम गर्‍यो, फिचर फिल्म हिमालयले । यो फिल्म क्याराभान नामले पनि चर्चित छ । निर्देशक भल्ली यसै महिना काठमाडौंको एक अवार्ड समारोहमा विशेष अतिथि बनेर उपस्थित थिए । जहाँ उनलाई अनलाइनखबरले ‘क्याराभान २’ सहितको आगामी प्रोजेक्टबारे जिज्ञासा राख्यो ।

उनले फिचर फिल्ममार्फत फर्किने तयारीमा रहेको बताएका थिए । कोरोना संकट नभएको भए भ्याली यतिबेला छायांकनमा निस्कने तयारीमा थिए । तर सबै तालिका प्रभावित बन्यो । ‘क्याराभान २ सहित अन्य फिल्म पनि आउँछ । हामी काम गरिरहेका छौं,’ उनले भने ।

उनले ओस्कार अवार्ड मनोनयन फिल्मको शृंखलाबारे धेरैले चासो राखिरहेको र आफू यसप्रति गम्भीर रहेको समेत उनले बताए । ‘क्याराभान’को ठ्याक्कै श्रृंखला नभए पनि निर्देशक भ्याली नयाँ प्रोजेक्टको तयारीमा पक्कै छन्, जसलाई उनी चाँडै निर्माण गर्न चाहन्छन् ।

यो फिल्मका लागि उनले गत वर्ष कास्टिङ कल पनि गरेका थिए । जसमा दुई तिब्बती मूलका नेपाली अभिनेता र दुई अभिनेत्री तय गरेको जनाइएको थियो । निर्देशक भ्याली यतिबेला नयाँ फिल्मको तयारीका लागि नेपालमा छन् । यसबारे उनले चाँडै विस्तृत बताउने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?