+
+

बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरु अदालतमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:४५

६ असार, काठमाडौं । नेपाल चलचित्र संघले भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘आदिपुरुष’को सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णय कानुनविपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् । यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?